ग्लोबल


चीनमा १७ बालबालिका अपहरण तथा बेचबिखन गरेकी महिलालाई मृत्युदण्ड

चीनमा १७ बालबालिका अपहरण तथा बेचबिखन गरेकी महिलालाई मृत्युदण्ड

नेपालखबर
फागुन १६, २०८१ शुक्रबार २०:५५, गुइयाङ, चीन

चीनमा १७ जना बालबालिकाको अपहरण तथा बेचबिखन गरेका मुद्दामा दोषी ठहरिएका एक महिलालाई शुक्रबार मृत्युदण्ड दिइएको छ। 

दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको गुइयाङ इन्टरमिडिएट पिपुल्स कोर्टले दोषी यु हुयिङविरुद्ध सुनाइएको मृत्युदण्डको सजायलाई सर्वोच्च जनअदालतबाट अनुमोदन गरेपछि मृत्युदण्ड दिइएको हो।

सन् १९९३ देखि २००३ को बीचमा युले गुइझोउ, चोङकिङ र युन्नानका बालबालिकालाई अपहरण गरी पैसाका लागि बेचेको अदालतबाट ठहर भएको थियो। 

सन् २०२४ अक्टोबर २५ मा भएको पहिलो आपराधिक फैसलामा युलाई बाल तस्करीको अपराधमा मृत्युदण्डको सजाय सुनाइएको थियो।

युले गुइझोउ प्रान्तीय उच्च जनअदालतमा अपिल गरे पनि त्यसलाई अस्वीकृत गर्दै दोस्रोपटकको सुनुवाइपछि मृत्युदण्डको सजायलाई सदर गरिएको थियो।

अदालतले ती महिलालाई आजीवन राजनीतिक अधिकारबाट बञ्चित गर्दै उनको सबै व्यक्तिगत सम्पत्ति जफत गर्न आदेश दिएको थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad