भारतको उत्तरी राज्य पन्जाबमा शनिबार घरको छाना खस्दा एकै परिवारका पाँच सदस्य (दम्पती र तिनका तीन छोराछोरी) को मृत्यु भएको प्रहरीले जनाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पन्जाबको अमृतसरबाट २८ किलोमिटर दक्षिण तरनतारन जिल्लाको पाण्डोरी गोला गाउँमा स्थानीय समयअनुसार बिहान ४:३० बजे एउटा पुरानो घरको छाना खसेको हो।
प्रहरीका अनुसार परिवारका सदस्य सुतिरहेका बेला घरको छत खसेको थियो ।
‘घटना लगत्तै स्थानीयहरूले उद्धार कार्य गरे र उनीहरू सबैलाई भग्नावशेषबाट निकाले। उनीहरूलाई अस्पताल लगिए पनि त्यहाँका डाक्टरहरूले उनीहरूलाई मृत घोषणा गरे‘’, एक प्रहरी अधिकारीले भने।
प्रहरीका अनुसार घर जीर्ण थियो।
705
Shares

प्रतिक्रिया