ग्लोबल


रिहा भए महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन

रिहा भए महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन

फाइल तस्बिर: दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल


नेपालखबर
फागुन २३, २०८१ शुक्रबार १२:३५, काठमाडौँ

दक्षिण कोरियाको एक अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको गिरफ्तारी शुक्रबार रद्द गर्दै उनको रिहाइका लागि अनुमति दिएको छ।

निलम्बित राष्ट्रपतिका वकिलहरूले गत महिना उनको गिरफ्तारी रद्द गर्न अनुरोध दायर गरेका थिए र उनको हिरासत गैरकानुनी भएको तर्क गरेका थिए। अभियोजन पक्षले उनलाई अभियोग लगाउन धेरै लामो समय पर्खेको थियो।

सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टको एउटा कागजातमा भनिएको छ, ‘प्रतिवादीको हिरासत अवधि सकिएपछि अभियोग लगाइएको हो भन्ने निष्कर्षमा पुग्नु तर्कसंगत छ।’

‘प्रक्रियागत स्पष्टता सुनिश्चित गर्न र अनुसन्धान प्रक्रियाको वैधताबारे कुनै पनि शंका हटाउन हिरासत रद्द गर्ने निर्णय जारी गर्नु उपयुक्त ठानिएको छ’, अदालतले भनेको छ।

पूर्वअभियोजक युनले डिसेम्बरमा केही समयका लागि नागरिक शासन निलम्बन गर्दै संसद्‌मा सैनिक पठाएपछि दक्षिण कोरियाको रजनीतिमा उथलपुथल आएको थियो।

महाभियोग लगाउनुभन्दा केही घण्टाअघि नै सांसदहरूले मतदान गरेर सैनिक शासनको घोषणा गरेको भन्दै उनीविरुद्ध ‘राज्य विद्रोह’को आरोपको प्रस्ताव दर्ता गरेका थिए।

सियोलस्थित आफ्नो सरकारी निवासमा सुरक्षा टोली र अनुसन्धानकर्ताबीच तनावपूर्ण झडप हुँदा ६४ वर्षीय युनले दुई हप्तासम्म गिरफ्तारीको विरोध गरे पनि अन्ततः जनवरी १५ मा उनलाई हिरासतमा लिइएको थियो।

उनले संवैधानिक अदालतमा महाभियोगको मुद्दाको पनि सामना गरिरहेका छन्। यसले उनलाई पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad