ग्लोबल


अमेरिकाद्वारा यूएसएडका ८३ प्रतिशत कार्यक्रम रद्द

अमेरिकाद्वारा यूएसएडका ८३ प्रतिशत कार्यक्रम रद्द

नेपालखबर
फागुन २६, २०८१ सोमबार २१:१४,

अमेरिकाले यूएसएडका अधिकांश कार्यक्रम रद्द गरेको छ। विदेशमन्त्री मार्को रुबियोले ६ हप्ताको समीक्षापछि ८३ प्रतिशत कार्यक्रम रद्द गरिएको जानकारी दिएका छन्।

यूएसएडअन्तर्गत ५ हजार २ सय सम्झौता रद्द गरिएको उनको भनाइ छ। जसमा भएको अर्बौं डलर खर्चले अमेरिकाको हित नगरेको बरु केही कार्यक्रमले त अहित गरेको रुबियोले बताएका छन्।

‘६ हप्ताको समीक्षापछि हामीले औपचारिक रुपमा यूएसएडका ८३ प्रतिशत कार्यक्रम रद्द गर्दैछौँ,’ रुबियोले एक्समा लेखेका छन्, ‘संसदसँगको परामर्शमा १८ प्रतिशत कार्यक्रम हामी जारी राख्ने छौँ। जसको सञ्चालन अझ प्रभावकारी रुपले विदेश मन्त्रालय अन्तर्गत हुने छ।’

उता, अदालतले सोमबारसम्ममा सो एजेन्सीको २ अर्ब डलर खर्च तिर्न समयसीमा तोकेको छ। यो निर्णयले सो आदेशमा के असर गर्छ, स्पष्ट छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad