भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लाटफर्म 'ट्रुथ सोसल'मा सामेल भएका छन्। हाल यस प्लाटफर्ममा विश्वका केही नेता मात्र उपस्थित छन्।
आफ्नो पहिलो पोस्टमा मोदीले ट्रम्पसँगको आफ्नो तस्बिर सेयर गरेका छन्। यो तस्बिर र २०१९ मा मोदीले अमेरिका भ्रमणका क्रममा ह्युस्टन, टेक्सासमा ट्रम्पसँग खिचेका थिए।
मोदीले ट्रुथ सोसलमा सहभागी हुन पाउँदा ‘खुसी’ लागेको लेखेका छन्।
अघिल्लो राष्ट्रपति चुनावमा जो बाइडेनसँग हारेपछि डोनाल्ड ट्रम्पले हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै उनलाई ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जाल प्रतिबन्ध लगाइएको थियो।
त्यसपछि उनले फेब्रुअरी २०२२ मा आफ्नै सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसल सुरु गरेका थिए।
सोमबार राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसलमा लेक्स फ्राइडम्यानले लिएको प्रधानमन्त्री मोदीको अन्तर्वार्ताको लिंक सेयर गरेका थिए।
Shares

प्रतिक्रिया