ग्लोबल


वार्ताकै बीच रुसले युक्रेनमा गर्‍यो आक्रमण

वार्ताकै बीच रुसले युक्रेनमा गर्‍यो आक्रमण

रुसको आक्रमणले युक्रेनमा क्षतिग्रस्त भवन।


नेपालखबर
चैत १२, २०८१ मंगलबार १०:३५, काठमाडौँ

युद्ध रोक्न अमेरिका र रुसी अधिकारीबीच साउदी अरबमा वार्ता चलिरहेकै बेला रुसले युक्रेनमा दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको छ। 

बीबीसीका अनुसार सोमबार गरिएको आक्रमणका कारण सुमी सहरमा धेरै मानिस घाइते भएका छन्।

युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले रुसले ‘शान्तिको बारेमा खोक्रो दाबी’ गर्नुको सट्टा पहिले आक्रमण बन्द गर्नुपर्ने टिप्पणी गरेका छन्। 

रुस र अमेरिकाबीच साउदी अरेबियामा १२ घण्टादेखि वार्ता भइरहेको छ। रुसी समाचार एजेन्सीका अनुसार मंगलबार संयुक्त विज्ञप्ति जारी गरिनेछ।

ह्वाइट हाउसको एक स्रोतले सोमबार रोयटर्स समाचार एजेन्सीलाई बताएअनुसार रियादमा जारी वार्ता "धेरै राम्रो" भइरहेको छ। निकट भविष्यमा ‘सकारात्मक घोषणा’ हुन सक्ने आशा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad