ग्लोबल


फ्रान्समा राष्ट्रपतिकी दाबेदार ल पेनलाई ५ वर्ष चुनावमा उठ्न प्रतिबन्ध

फ्रान्समा राष्ट्रपतिकी दाबेदार ल पेनलाई ५ वर्ष चुनावमा उठ्न प्रतिबन्ध

नेपालखबर
चैत १८, २०८१ सोमबार २०:१६,

आउँदो चुनावमा फ्रान्सको राष्ट्रपति पदकी दाबेदार दक्षिणपन्थी नेतृ मरिन ल पेनलाई अदालतले पाँच वर्षका लागि सार्वजनिक पदमा उठ्न प्रतिबन्ध लगाएको छ। 

ईयू कोषको दुरुपयोग गरेको आरोपमा चरम दक्षिणपन्थी पार्टी नेसनल र्‍यालीकी ल पेनसँगै अन्य २० जनाभन्दा बढी दोषी ठहर भएका हुन्।

सो पार्टीले ईयूको संसदीय सहयोगीहरूलाई ईयूको खर्च भुक्तानी गरेर पार्टीको काम लगाएको अदालतको भनाइ छ। दोषी ठहर भएलगत्तै ल पेन अदालतबाट निस्केकी थिइन्।

त्यसपछि न्यायाधीशले ल पेनलाई पाँच वर्ष सार्वजनिक पदमा उठ्न नपाउने फैसला गरे। उनलाई १ लाख युरो जरिवाना पनि तोकिएको छ। 

साथै, ४ वर्षको कैद सजाय पनि सुनाइएको छ। तर, त्यसमध्ये २ वर्ष निलम्बित हुनेछ भने बाँकी २ वर्ष पनि उनले जेलमा होइन, बाहिरै इलेक्ट्रोनिक ट्याग लगाएर बिताउने छिन्।

उनका वकिलहरूले पुनरावेदन गर्ने बताएका छन्।

फैसलाको अर्थ २०२७ मा उनले राष्ट्रपतिको चुनाव लड्न पाउने छैनन्। त्यस्तो अवस्थामा उनले आफ्ना सहयोगी जोर्डन बार्डेलालाई अघि सार्ने अनुमान गरिएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad