म्यानमारमा गत शुक्रबार (चैत १५ गते) गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ।
म्यानमारको सैन्य सरकारका अनुसार भूकम्पमा परी अहिलेसम्म २ हजार ५६ जनाको मृत्यु भएको हो। यस्तै ३,९०० भन्दा बढी मानिस घाइते भएका छन् र २७० जना बेपत्ता छन्।
बीबीसीका अनुसार राष्ट्रिय विपद्बाट हुने क्षतिको विवरण लुकाउने सैन्य नेतृत्वको इतिहास रहेकाले म्यानमारबाट यथार्थ जानकारी प्राप्त गर्न गाह्रो छ।
यसैबीच विश्व स्वास्थ्य संगठनले म्यानमारमा आएको भूकम्पसँग जुध्न ८० लाख डलर सहयोगका लागि अपिल गरेको छ।
282
Shares

प्रतिक्रिया