ग्लोबल


उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा मृत भेटिए

उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा मृत भेटिए

घटनास्थल


नेपालखबर
बैशाख २, २०८२ मंगलबार १३:५७, काठमाडौँ

भारतीय प्रान्त उत्तर प्रदेशको बुलन्दसहरमा मंगलबार बिहान विवाहित महिला र अविवाहित युवक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि सनसनी मच्चिएको छ। 

त्यहाँको प्रहरीका अनुसार बुलन्दसहर जिल्लाको काकोड प्रहरी चौकी क्षेत्रअन्तर्गत बिघेपुर गाउँमा लगभग सपना नामकी ३५ वर्षीया महिला र २५ वर्षीय युवक मनीष एउटै रुखमा मृत फेला परेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार महिला विवाहित थिइन् र उनका पाँच सन्तानसमेत छन्। तर मन नमिलेका कारण डेढ वर्षदेखि उनी पतिबाट छुटिएर अलग्गै बस्थिन्। 

यसै क्रममा ती महिला सोही गाउँका युवक मनीषसँग प्रेममा परिन्। त्यसपछि प्रायः सँगै देखिने उनीहरू श्रीमान्-श्रीमतीजस्तै बस्न चाहन्थे तर समाजको डरले विवाह गर्न सकेनन्।

यसैबीच, मंगलबार बिहान दुवै जना बिघेपुर गाउँको खेतमा पुगे र त्यहाँ रहेको आँपको रुखमा झुण्डिएर आत्महत्या गरे। खेतमा काम गर्न स्थानीयले दुवैको शव झुण्डिएको देखेपछि प्रहरीलाई जानकारी गराए।

सूचना पाएपछि प्रहरीले घटनास्थल पुगेर दुवै शवलाई रुखबाट तल झारेको थियो।

अनुसन्धानका क्रममा युवकको साथमा एउटा सुसाइड नोट पनि भेटियो।

जसमा लेखिएअनुसार विवाह गर्न नपाएका उनीहरू दु:खी थिए। तर समाजले के सोच्ला भन्ने डर थियो। यसै कारण सँगै आत्महत्या गरे। 

हाल प्रहरीले दुवै शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।

बुलन्दसहरका अतिरिक्त प्रहरी अधीक्षक शंकर प्रसादले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad