ग्लोबल


अमेरिकाको एकपक्षीय हेपाइको विरोध गर्न भियतनामलाई सीको आग्रह

अमेरिकाको एकपक्षीय हेपाइको विरोध गर्न भियतनामलाई सीको आग्रह

नेपालखबर
बैशाख २, २०८२ मंगलबार २१:८,

चिनियाँ राष्ट्रपति सी चिनफिङले भियतनामलाई अमेरिकाको ‘एकपक्षीय हेपाइ’को विरोध गर्न आग्रह गरेका छन्। यद्यपि, उनले अमेरिकाको नाम भने लिएनन्।

सीले भियतानमको कम्युनिस्ट पार्टीका महासचिव तो लामलाई खुला बजार प्रणाली जोगाउन भन्दै यस्तो आग्रह गरेका हुन्।

‘हामीले रणनीतिक संकल्प बलियो बनाउनै पर्छ र विश्वको खुला व्यापार प्रणालीका साथै औद्योगिक र आपूर्ति शृंखलालाई कायम राख्नै पर्छ,’ सीको भनाइ सिन्ह्वाले उद्धृत गरेको छ।

भियतनामको दुई दिने भ्रमण टुंग्याएर सी मलेसियातर्फ लागेका छन्। त्यसपछि उनले कम्बोडियाको भ्रमण गर्ने छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चीन र भितयनामले कसरी अमेरिकालाई नोक्सान गर्ने भनेर सल्लाह गरेको आरोप लगाएका छन्।

चीन र भियतनामबीच ४५ ओटा सम्झौतामा हस्ताक्षर भएको छ। जसमा रेलमार्ग, व्यापार र रक्षा तथा आपूर्ति शृंखलाजस्ता विषय समावेश छन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad