ग्लोबल


कार बम आक्रमणमा रुसी जनरल मारिए

कार बम आक्रमणमा रुसी जनरल मारिए

घटनास्थल


नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १९:८, काठमाडौँ

मस्कोमा भएको कार बम आक्रमणमा रुसी सेनाका जनरल यारोस्लाभ मोस्कालिक मारिएका छन्।

उनी 'रुसियन जनरल स्टाफ'को मुख्य परिचालन विभागका उपप्रमुख थिए।

रुसी सेनाका जनरल यारोस्लाभ मोस्कालिक (फाइल फोटो)

रुसको अनुसन्धान समितिले यसको पुष्टि गरेको बीबीसीले जनाएको छ।

हत्याबारे अनुसन्धान समितिकी प्रवक्ता स्वेतलाना पेट्रेन्कोले भनिन्, ‘छर्राले भरिएको फक्सवागन गल्फ कार आईईडीका कारण विस्फोट भएको थियो।’

सन् २०१५ मा पेरिसमा रुसले युक्रेनसँग वार्ता गर्दा जनरल यारोस्लाभ मोस्कालिकले रुसी पक्षको नेतृत्व गरेका थिए।

रुस र युक्रेनबीच जारी युद्धमा रुसी सैन्य कर्मचारीमाथि यसरी आक्रमण भएको यो पहिलोपटक होइन।

यसअघि पूर्वी युक्रेनमा रहेको रुस समर्थक अर्धसैनिक समूहका नेता आर्मेन सार्गस्यान उत्तरपश्चिमी मस्कोको एक आवासीय भवनमा भएको विस्फोटमा घाइते भएका थिए र पछि अस्पतालमा उनको मृत्यु भएको थियो।

डिसेम्बर २०२४ मा युक्रेनको एसबीयू सुरक्षा सेवाले राजधानीको एक आवासीय ब्लक बाहिर एक उच्च पदस्थ जनरलको हत्याको पछाडि आफ्नो हात रहेको स्वीकार गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad