अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शान्ति सम्झौताको एक भागका रूपमा क्रिमिया रुसलाई सुम्पन तयार रहेको दाबी गरेका छन्।
बीबीसीका अनुसार ट्रम्पलाई सोधिएको थियो- तपाईंलाई युक्रेनी राष्ट्रपति आफ्नो दक्षिणी प्रायद्वीपको नियन्त्रण त्याग्न इच्छुक छन् भन्ने लाग्छ?
जवाफमा ट्रम्पले भने, "मलाई त्यस्तै लाग्छ।"
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न "गोलीबारी रोक्न र सम्झौतामा हस्ताक्षर गर्न" पनि आह्वान गरे।
ट्रम्पले आगामी दुई हप्ताभित्र सहमति हुने विश्वास पनि व्यक्त गरेका छन्।
भ्याटिकनबाट फर्केपछि ट्रम्पले पत्रकारहरूसँग सो कुरा बताएका हुन्।
पोप फ्रान्सिसको अन्त्येष्टिमा भाग लिने क्रममा ट्रम्पले अप्रिल २६ मा जेलेन्स्कीसँग छोटो भेटघाट गरेका थिए।
Shares

प्रतिक्रिया