ग्लोबल


क्यानडा चुनाव: मतगणना सुरु, लिबरल र कन्जरभेटिभ पार्टीबीच कडा प्रतिस्पर्धा

क्यानडा चुनाव: मतगणना सुरु, लिबरल र कन्जरभेटिभ पार्टीबीच कडा प्रतिस्पर्धा

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार ८:९, काठमाडौँ

अमेरिकासँग कर युद्धमा फसेको क्यानडामा आम निर्वाचन भइरहेको छ। 

उक्त चुनावले क्यानडामा नयाँ प्रधानमन्त्री चयन गर्नेछ।

बीबीसीका अनुसार सोमबारदेखि जारी मतदान अन्तिम चरणमा पुगेको छ।

यसैबीच मतदानको प्रारम्भिक नतिजा आउन थालेको छ। 

क्यानडाको यो चुनावमा मुख्य प्रतिस्पर्धा लिबरल पार्टी र कन्जरभेटिभ पार्टीबीच देखिएको छ।

यी दुई प्रमुख दलका साथै ब्लक क्वेबेकोइस, एनडीपी (न्यु डेमोक्र्याट पार्टी) र ग्रिन पार्टी पनि चुनावी प्रतिस्पर्धामा छन्।

 प्रधानमन्त्री पदका उम्मेदवारहरूमा लिबरल पार्टीका मार्क कार्नी, कन्जरभेटिभ पार्टीका पियरे पोइलिभ्रे, ब्लक क्वेबेकोइस पार्टीका ब्लान्चेट र एनडीपी पार्टीका नेता जगमित सिंह छन्।

क्यानडाको सरकारी प्रसारक सीबीसी (क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन) न्युजका अनुसार प्रारम्भिक रुझानमा लिबरल पार्टी १९ सिटमा अगाडि छ।

कन्जरभेटिभ पार्टी ६ सिटको अग्रतासहित दोस्रो स्थानमा छ।

क्यानाडाको हाउस अफ कमन्समा ३४३ सिट छन्।

यसअघिको संसद्‌मा लिबरल पार्टी १ सय ५३ सिटसहित सबैभन्दा ठूलो पार्टी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad