ग्लोबल


क्यानडा चुनाव अपडेट: मार्क कार्नीको लिबरल पार्टीले बहुमत ल्याउने सम्भावना

क्यानडा चुनाव अपडेट: मार्क कार्नीको लिबरल पार्टीले बहुमत ल्याउने सम्भावना

मार्क कार्नी


नेपालखबर
बैशाख १६, २०८२ मंगलबार ९:४४, काठमाडौँ

क्यानडाको सार्वजनिक प्रसारक सीबीसी न्युज (क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन) का अनुसार देशको आम चुनावमा लिबरल पार्टीले बहुमत ल्याउने सम्भावना छ।

तर सीबीसी न्युजले ३४३ सदस्यीय संसद्‌मा पार्टीले पूर्ण बहुमत पाउने कि नपर्ने भन्ने स्पष्ट नभएको पनि बताएको छ।

लिबरल पार्टीको मुख्यालयमा समर्थकमा निकै उत्साह छ।

‘यो क्यानाडाको इतिहासमा सबैभन्दा ठूलो पुनरागमन हो’, एक पार्टी समर्थकले प्रारम्भिक नतिजा घोषणापछि सीबीसीलाई भने, "यो धेरै महत्त्वपूर्ण छ- क्यानाडालाई उनको आवश्यकता पर्दा कार्नी अगाडि आए।’

सीबीसीका अनुसार मार्क कार्नीको पार्टीले पूर्ण बहुमत नपाए पनि क्यानडामा सरकार बनाउन पर्याप्त सिट जित्न सक्छ।

क्यानडाको राजनीतिमा लिबरल पार्टी केही महिनादेखि धेरै दबाबमा छ। जस्टिन ट्रुडोले बीचमै राजीनामा दिनुपरेको थियो। 

केही महिनाअघिसम्म करिब सकिएको भनिएको पार्टी अब चौथोपटक सत्तामा आउन सक्छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार क्यानडालाई अमेरिकाको ५१औँ राज्य बारम्बार दबाबद दिएका कारण क्यानाडाका मतदाता एकजुट भएको अनुमान गरिएको छ। 

क्यानडाको यो चुनावमा मुख्य २ पार्टी लिबरल पार्टी र कन्जरभेटिभ पार्टीका साथै ब्लक क्वेबेकोइस, एनडीपी (न्यु डेमोक्र्याट पार्टी) र ग्रिन पार्टी प्रतिस्पर्धामा छन्।

 प्रधानमन्त्री पदका उम्मेदवारहरूमा लिबरल पार्टीका मार्क कार्नी, कन्जरभेटिभ पार्टीका पियरे पोइलिभ्रे, ब्लक क्वेबेकोइस पार्टीका ब्लान्चेट र एनडीपी पार्टीका नेता जगमित सिंह छन्।

यसअघिको संसद्‌मा लिबरल पार्टी १ सय ५३ सिटसहित सबैभन्दा ठूलो पार्टी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad