ग्लोबल


चुनाव हारेपछि जगमित सिंहले भने: न्यु डेमोक्र्याट्सका लागि निराशाको रात

पार्टीको नेता पदबाट राजीनामा दिने घोषणा
चुनाव हारेपछि जगमित सिंहले भने: न्यु डेमोक्र्याट्सका लागि निराशाको रात

क्यानडाको न्यु डेमोक्रेटिक पार्टी (एनडीपी) का नेता जगमित सिंह


नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १४:१७, काठमाडौँ

क्यानडाको न्यु डेमोक्र्याटिक पार्टी (एनडीपी) का नेता जगमित सिंहले चुनाव हारेका छन्। उनको पार्टीले पनि ठूलो हार बेहोरेको छ।

पराजयपछि उनले पार्टीको नेता पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै सिंहले भने, ‘यो न्यु डेमोक्र्याट्सका लागि निराशाको रात हो। हामी त्यसबेला मात्र हार्छौं जतिबेला लड्न छाड्छौँ।’

क्यानडाको आम चुनावमा एनडीपीले निराशाजनक प्रदर्शन गरेको छ। ऊ ८ सिटमा मात्र सीमित हुन सक्ने बताइएको छ।

क्यानडामा राजनीतिक दलहरूलाई हाउस अफ कमन्समा पार्टीको हैसियत प्राप्त गर्न कम्तीमा १२ सिट चाहिन्छ।

उक्त चुनावमा मार्क कार्नीको लिबरल पार्टी विजयी भएको छ।

जगमित सिंहको पृष्ठभूमि

जगमित सिंह ४६ वर्षका छन्। उनको राजनीति श्रमिक र मजदुरका मुद्दामा केन्द्रित छ।

उनले सन् २०१७ मा क्यानाडामा प्रमुख राजनीतिक दलको नेतृत्व गर्ने पहिलो अल्पसंख्यक र सिख नेता बनेर इतिहास रचेका थिए।

उनी २०१९ मा सांसद बने।

२०२१ देखि एनडीपीले ट्रुडोको लिबरल पार्टीलाई सरकार कायम राख्न मद्दत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad