ग्लोबल


एकसाथ झ्याप्प बिजुली गएका स्पेन र पोर्चुगलको अवस्था अहिले कस्तो छ?

एकसाथ झ्याप्प बिजुली गएका स्पेन र पोर्चुगलको अवस्था अहिले कस्तो छ?

स्पेनमा अप्रिल २८ मा बिजुली बन्द भएपछि मानिसहरू फ्ल्यासलाइट प्रयोग गर्छन्।


नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १४:५५, काठमाडौँ

युरोपेली मुलुक स्पेन र पोर्चुगलमा सोमबार एकसाथ ठूलो मात्रामा विद्युत बन्द हुँदा त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ।

तर अहिले दुवै देशमा विद्युत् पुन: आपूर्ति सुरु भइसकेको बीबीसीले जनाएको छ।

यसैबीच अधिकारीहरू त्यसरी एकैचोटि ठूलो मात्रामा विद्युत् किन कटौती भयो भन्ने कारण पत्ता लगाउने  प्रयासमा जुटेका छन्। 

स्पेनमा बिजुली लगभग पूर्ण रूपमा सञ्चालन भइसकेको छ भने पोर्चुगलमा पनि विद्युत् आपूर्ति सुरु भइसकेको छ। 

पोर्चुगल सरकारले सोमबार राष्ट्रव्यापी ब्ल्याकआउटपछि बिजुली पुनर्स्थापित भएको पुष्टि गरेको छ। अहिले पोर्चुगलभर पानी आपूर्ति भइरहेको छ। राजधानी लिस्बन र पोर्टो सहरमा मेट्रो प्रणाली सञ्चालनमा छन्, तर केही ढिलाइ भइरहेका छन्।

लिस्बनको मुख्य विमानस्थलमा मर्मत अझै जारी छ, तर अन्य प्रमुख विमानस्थलमा धेरैजसो उडान सञ्चालन भइरहेका छन्।

सरकारका अनुसार विद्यालयहरू खुल्न लागेका छन्। 

यसैबीच स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस संकटसँग सम्बन्धित गलत सूचनाबाट सतर्क रहन चेतावनी दिएका छन्।

बिजुली अवरुद्ध हुनुको कारण अहिलेसम्म खुल्न सकेको छैन।

सुरुमा यो साइबर आक्रमण भएको अनुमान गरिएको थियो। तर धेरै जना अधिकारीले यसलाई तुरुन्तै खारेज गरेका थिए।

स्पेन सरकारले यस पछाडिको कारण छिट्टै स्पष्ट हुने आशा व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad