अमेरिकाक ाराष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई आम चुनावमा विजय हासिल गरेकामा बधाई दिएका छन्।
´प्रधानमन्त्री मार्क कार्नीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्पसँग कुरा गरे`, क्यानेडाली प्रधानमन्त्रीको आधिकारिक एक्स अकाउन्टमा लेखिएको छ।
विज्ञप्तिअनुसार दुवै नेता निकट भविष्यमा भेट्न सहमत भएका छन्।
´दुई नेताहरूले क्यानडा र संयुक्त राज्य अमेरिकाले आफ्नो पारस्परिक हितका लागि स्वतन्त्र, सार्वभौम राष्ट्रका रूपमा मिलेर काम गर्ने महत्त्वमा सहमति जनाए। यस उद्देश्यका लागि दुई नेता निकट भविष्यमा व्यक्तिगत रूपमा भेट्न सहमत भए`, विज्ञप्तिमा भनिएको छ।
क्यानडामा सोमबार आम निर्वाचन भएको थियो। यस चुनावमा कार्नीको नेतृत्वमा क्यानडाको लिबरल पार्टीले जित हासिल गरेको छ। आफ्नो पार्टीको जितलगत्तै कार्नीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कडा जवाफ दिएका थिए।
उनले भनेका थिए, ´राष्ट्रपति ट्रम्प हामीलाई तोड्न खोजिरहेका छन् ताकि अमेरिकाले हामीमाथि आफ्नो प्रभुत्व स्थापित गर्न सकोस्, यो कहिल्यै हुनेछैन।`
Shares

प्रतिक्रिया