यमनको हुथी विद्रोहीले हानेको ब्यालिस्टिक क्षेप्यास्त्र इजरायलको तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै खसेको छ।
एजेन्सीहरुका अनुसार आइतबार बिहानै सो क्षेप्यास्त्र विमानस्थल पुग्ने सडकमा खसेको हो।
घटनामा तीन जना घाइते भएको बताइएको छ। इजरायली रक्षा बलले यसको पुष्टि गरेको छ।
अल जजिराले भने द टाइम्स अफ इजरायललाई उद्धृत गर्दै ६ जना घाइते भएको उल्लेख गरेको छ।
पछिल्ला केही हप्तायता हुथीले हानेको यो चौथो क्षेप्यास्त्र आक्रमण हो।
त्यसलगत्तैदेखि करिब १ घण्टासम्म विमानस्थल बन्द रहे पनि पुन: खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
597
Shares

प्रतिक्रिया