युक्रेन युद्धमा २०२४ मा ४५ हजार रुसी सेना मारिएको बीबीसीले जनाएको छ। रुसी सेनाका लागि लडाइँ सुरु भएयता यो सबैभन्दा घातक वर्ष थियो।
लडाइँ सुरु भएयता हालसम्म १ लाख ६ हजार ७४५ रुसी सैनिक मारिएको बीबीसी र र मिडियाजोनाको सहकार्यमा भएको अध्ययनमा देखिएको हो। उनीहरूले रुसका चिहान, सैन्य स्मारक र अबिच्युरीका आधारमा यो संख्या निकालेका हुन्।
यस आँकडाका आधारमा हालसम्म एक किलोमिटर भूमि कब्जा गर्दा २७ रुसी सैनिक मारिएको देखिन्छ। युक्रेनको करिब २० प्रतिशत हिस्सा रुसको कब्जामा छ।
अमेरिकाको पहलमा युद्ध अन्त्यको प्रयास चलिरहेको छ। डोनाल्ड ट्रम्पले आफ्नो टोलीले दुवै देशसँग एकदमै राम्रो कुराकानी गरेको बताएका छन्।
तर, हालै अमेरिकाले युक्रेनसँग खनिज सम्झौता गरेपछि तत्काल लडाइँ रोकिने सम्भावना अझ न्यून भएको कतिपयको बुझाइ छ। एजेन्सी
Shares

प्रतिक्रिया