ग्लोबल


‘अपरेसन सिन्दुर’ : भारतले गर्‍यो पाकिस्तानका ९ स्थानमा आक्रमण

‘अपरेसन सिन्दुर’ : भारतले गर्‍यो पाकिस्तानका ९ स्थानमा आक्रमण

नेपालखबर
बैशाख २४, २०८२ बुधबार २:३५,

भारतले पाकिस्तानमाथि सैन्य कारबाही गरेको छ। पाकिस्तान र पाकिस्तान अधीनस्त कस्मिरमा सो आक्रमण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ।

यसलाई भारतीय सेनाले ‘अपरेसन सिन्दुर’ नाम दिएको छ। 

यसअघि पाकिस्तानी सञ्चारमाध्यमहरुले पाकिस्तानी सेनाका प्रवक्तालाई उधृत गर्दै भारतबाट क्षेप्यास्त्र आक्रमण भएको पुष्टि गरेका थिए। पाकिस्तानका विभिन्न स्थानमा विस्फोटको आवाज सुनिएको बताइएको छ।

भारतको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पहलगाममा २५ भारतीय र एक नेपाली नागरिकको ज्यान जानेगरी भएको हमलाको जवाफमा पाकिस्तान र पाकिस्तान नियन्त्रित कस्मिरमा आतंकवादी पूर्वाधारमा सैन्य कारबाही गरिएको जनाएको छ।

तर, सैन्य ठेगानामा भने हमला नगरिएको भारतको भनाइ छ। 

निसाना छनोटमा र कारबाहीको प्रकृतिमा निकै संयम अपनाइएको भारतले जनाएको छ।

पाकिस्तानी सेनाले भने आफूले रोजेको समयमा जवाफ दिने बताएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad