ग्लोबल


युद्धविरामपछि मोदी निवासमा उच्चस्तरीय बैठक

युद्धविरामपछि मोदी निवासमा उच्चस्तरीय बैठक

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १२:४२, काठमाडौँ

शनिबार भारत र पाकिस्तानबीच युद्धविराम भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो निवासमा उच्चस्तरीय बैठक गरिरहेका छन्। 

बैठकमा रक्षामन्त्री राजनाथ सिंह, सीडीएस अनिल चौहान, तीनै सशस्त्र सेनाका प्रमुख, एनएसए अजित डोभालका साथै आईबी र रअका प्रमुखहरू उपस्थित छन्।

यसैबीच आइतबार बिहान राजस्थान, पन्जाब, जम्मु र कश्मीरका सीमावर्ती क्षेत्रको अवस्था सामान्य देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारत सरकारले जम्मु कश्मीरको रामवनमा रहेको बगलिहार र सालार बाँधका ढोका पनि खोलेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad