भारतीय सेनाले जम्मु-कश्मीरको शोपियाँ जिल्लामा सुरक्षा बलको कारबाहीमा तीन अतिवादी मारिएको दाबी गरेको छ।
भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार मंगलबार सुरक्षा बलले केलरको जंगलमा अतिवादीहरूविरुद्ध अपरेसन सुरु गरेको छ।
पोस्टमा अगाडि भनिएको छ, '१३ मे २०२५ मा राष्ट्रिय राइफल्सले शोपियाँ जिल्लाको शोकल केलरको जंगलमा केही आतंककारीहरूको उपस्थितिबारे गुप्तचर सूचना प्राप्त गर्यो। यसपछि सुरक्षा बलले उनीहरूलाई खोजी र समाप्त गर्न अभियान सुरु गर्यो।'
'अपरेसनका क्रममा आतंककारीहरूले सुरक्षा बलमाथि गोलाबारी गरे। जवाफी कारबाहीमा तीन खतरनाक आतंककारी मारिए।'
सेनाले अतिवादीहरूविरुद्ध सुरक्षा बलको कारबाही अझै जारी रहेको जनाएको छ।
390
Shares

प्रतिक्रिया