ग्लोबल


अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलरको हतियार सम्झौता

अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलरको हतियार सम्झौता

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरबका युवराज मोहम्मद बिन सलमान


नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार २१:८, काठमाडौँ

अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलरको रक्षा बिक्री सम्झौता भएको छ।

अमेरिकाले यो सम्झौतालाई 'इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता' भनेको छ।

यो जानकारी ह्वाइट हाउसले जारी गरेको फ्याक्ट सिटमा दिइएको छ।

ह्वाइट हाउसले साउदी अरबले अमेरिकामा ६०० अर्ब डलर 'लगानी गर्न प्रतिबद्ध' रहेको बताएको छ।

रक्षा बिक्री सम्झौताबारे ह्वाइट हाउसले भनेको छ, 'संयुक्त राज्य अमेरिका र साउदी अरबले इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौतामा हस्ताक्षर गरे - लगभग लगभग १४२ अरब डलरको, जसअन्तर्गत साउदी अरबलाई एक दर्जनभन्दा बढी अमेरिकी रक्षा फर्मबाट अत्याधुनिक युद्ध उपकरण र सेवा प्रदान गरिनेछ।'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार साउदी अरब पुगेका छन्। त्यहाँ उनले युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका छन्।

ट्रम्प साउदी अरब, कतार र यूएईको चारदिने भ्रमणमा छन्। यो ट्रम्पको दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक भ्रमण हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad