पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंकमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–२ बंककै ५० वर्षीय महेन्द्र विष्ट छन्।
मंगलबार बिहान मर्निङ वाकमा निस्किएका बिष्टलाई सुपप्र ००१ ज १६८३ नम्बरको जीपले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा कैलालीको धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झलारी ल्याइरहेको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
276
Shares

प्रतिक्रिया