ग्लोबल


इन्स्टाग्रामबाट भिडिओ हटाउँदै माफी माग्दा पनि सुख पाइनन् कानुनकी विद्यार्थी शर्मिष्ठाले

इन्स्टाग्रामबाट भिडिओ हटाउँदै माफी माग्दा पनि सुख पाइनन् कानुनकी विद्यार्थी शर्मिष्ठाले

फाइल तस्बिर: शर्मिष्ठा पानोली


नेपालखबर
जेठ १८, २०८२ आइतबार १३:१, काठमाडौँ

पश्चिम बंगाल प्रहरीले 'अपरेसन सिन्दूर'का विषयमा समुदायविशेषको धार्मिक भावनामा चोट पुर्‍याउने पोस्ट गरेको आरोपमा कानुनकी विद्यार्थी तथा इन्स्टाग्राम इन्फ्लुएन्सर २२ वर्षीया शर्मिष्ठा पानोलीलाई पक्राउ गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार कोलकाताको गार्डेनरिच प्रहरी चौकीको प्रहरीले उनलाई गुरुग्रामबाट पक्राउ गरेको हो। 

कोलकाता प्रहरी स्रोतले शर्मिष्ठाले 'अपरेसन सिन्दूर'मा बलिउड कलाकारहरूको मौनताबारे भिडिओ अपलोड गरेकी थिइन्। जसमा उनले एक विशेष धर्मविरुद्ध आपत्तिजनक टिप्पणी गरेकी थिइन्।

त्यसो त आलोचना भएपछि उनले त्यो पोस्ट डिलिट गर्दै माफीसमेत मागेकी थिइन्।

तर पनि उनलाई प्रहरीले पक्रेको हो। 

शनिबार उनलाई गुरुग्रामबाट कोलकाता ल्याई अलिपुर अदालतमा पेस गरिएको बताइएको छ। 

शर्मिष्ठाका वकिलले यो गिरफ्तारीविरुद्ध अदालतमा जमानत निवेदन दायर गरेको बताएका छन्। उनले शर्मिष्ठाका मोबाइल फोन र ल्यापटप जफत गरिएको जानकारी पनि दिएका छन्।

शर्मिष्ठा पुणेको सिम्बायोसिस ल स्कुलमा बीबीए-एलएलबी अनर्सको चौथो वर्षमा अध्ययनरत छात्रा हुन्। 

आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण र पश्चिम बंगालका विपक्षी नेता शुभेन्दु अधिकारीलगायत धेरैले उनको गिरफ्तारीप्रति प्रतिक्रिया जनाएका छन्।

शुभेन्दु अधिकारीले पश्चिम बंगाललाई 'तुष्टीकरणको राजनीति' को आरोप लगाएका छन्। उनले प्रहरीले निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका छन्। 

सामाजिक सञ्जालमा शर्मिष्ठाको एउटा भिडिओ भाइरल छ, जसमा उनी एक विशेष धर्मबारे आपत्तिजनक टिप्पणी गरिरहेको देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad