ग्लोबल


थाइल्यान्डबाट मुम्बई विमानस्थल ओर्लिएका व्यक्तिको झोलाभरि ४७ विषालु सर्प भेटिएपछि गिरफ्तार

थाइल्यान्डबाट मुम्बई विमानस्थल ओर्लिएका व्यक्तिको झोलाभरि ४७ विषालु सर्प भेटिएपछि गिरफ्तार

बरामद रंगीन सर्पहरू


नेपालखबर
जेठ १९, २०८२ सोमबार १८:२०, काठमाडौँ

थाइल्यान्डबाट भारतको मुम्बई विमास्थलमा ओर्लिएका एक व्यक्तिको झोलामा ४७ वटा विषालु सर्प फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ। 

दुर्लभ प्रजातिका सर्प तस्करी गरेको आरोपमा उनलाई पक्राउ गरिएको मुम्बई विमानस्थलका भन्सार अधिकारीहरूले बताएका छन्। 

आइतबारै पक्राउ गरिएका ती व्यक्तिको नाम अझै नखुलाइएको बीबीसी हिन्दीले जनाएको छ। 

भारतको वन्यजन्तु संरक्षण कानुनअन्तर्गत सर्पहरू जफत गरी गिरफ्तार गरिएका ती व्यक्ति अहिले हिरासतमा छन्। 

मुम्बई भन्सार विभागले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा बरामद सर्पका तस्बिर सार्वजनिक गरेको छ। जसमा रंगीन सर्पहरू बक्सभित्र घुमिरहेको देख्न सकिन्छ।

आफ्नो पोस्टमा भन्सार विभागले ती यात्रुबाट तीनवटा स्पाइडर-टेल्ड होर्न्ड वाइपर, पाँच एसियाली लिफ टर्टल (कछुवा) र ४४ वटा इन्डोनेसियाली पिट भाइपर (विषालु सर्पको एक प्रजाति) बरामद गरिएको उल्लेख गरेको छ। 

यद्यपि यी सर्प कहाँबाट ल्याइएका थिए भन्ने कुरा अझै स्पष्ट छैन।

भारतमा जनावर आयात गर्नु गैरकानुनी काम मानिँदैन, तर त्यहाँको वन्यजन्तु संरक्षण ऐनले केही प्रजातिको आयातमा प्रतिबन्ध लगाएको छ। जसमा लोपोन्मुख वा संरक्षित घोषित प्रजाति पर्छन्। 

यात्रुले कुनै पनि वन्यजन्तु आयात गर्नुअघि अनुमतिपत्र तथा इजाजतपत्र लिनुपर्ने कानुनी व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad