ग्लोबल


इलोन मस्कसँग रुष्ट डोनाल्ड ट्रम्पले भने: ‘दिमाग खुस्केको’

इलोन मस्कसँग रुष्ट डोनाल्ड ट्रम्पले भने: ‘दिमाग खुस्केको’

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार २०:४०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इलोन मस्कलाई दिमाग खुस्केको आरोप लगाएका छन्।

ट्रम्पले अमेरिकी मिडिया आउटलेट एबीसी न्युजसँग अन्तर्वार्तामा मस्कलाई उक्त गम्भीर आरोप लगाउँदै उनीसँग कुरा गर्न इच्छुक नभएको बताएका हुन्। 

आज मस्क र ट्रम्पले फोनमा कुरा गर्न सक्ने रिपोर्टपछि ट्रम्पको त्यस्तो प्रतिक्रिया आएको हो।

विश्वकै सबैभन्दा धनी व्यक्ति इलोन मस्क र सबैभन्दा शक्तिशाली नेता डोनाल्ड ट्रम्पबीच यतिबेला एकअर्काको विरोधमा उत्रिएका छन्। 

एबीसी न्युजसँगको फोन अन्तर्वार्तामा ट्रम्पले मस्कलाई 'दिमाग खुस्केको' व्यक्ति भनी टिप्पणी गरेका हुन्। 

मस्क र ट्रम्पबीच कुराकानी हुने रिपोर्टमा ह्वाइट हाउसले बीबीसीसँग भनेको छ- राष्ट्रपति ट्रम्पले आज मस्कसँग कुरा गर्ने छैनन्।

सीएनएनसँगको कुराकानीमा ट्रम्पले भनेका छन्, ‘म इलोनका विषयमा सोचिरहेको पनि छैन। उनीसँग समस्या छ।’

अमेरिकाको सरकारी दक्षता विभाग (डज) छाडेपछि मस्कले ट्रम्पको घरेलु नीति र कर विधेयकको आलोचना गरेका थिए। त्यसयता दुई जनाबीच सामाजिक सञ्जालमा पनि भनाभन चलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad