ग्लोबल


सोमबार लन्डनमा अमेरिका र चीनबीच व्यापार सम्झौताबारे बैठक हुन्छ: ट्रम्प

सोमबार लन्डनमा अमेरिका र चीनबीच व्यापार सम्झौताबारे बैठक हुन्छ: ट्रम्प

सन् २०१९ मा चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (बायाँ)।


नेपालखबर
जेठ २४, २०८२ शनिबार ८:३५, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौताबारे बैठक हुने मिति घोषणा गरेका छन्। 

उनले आफ्नो सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार अमेरिका अर्थमन्त्री स्कट बेसेन्ट, वाणिज्यमन्त्री हावर्ड लुटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रिरले यही जुन ९, सोमबार लन्डनमा चिनियाँ प्रतिनिधिहरूसँग भेटवार्ता गर्नेछन्। 

अमेरिकाले चीनबाट आयात हुने सामानमा लाग्ने कर १४५ प्रतिशतबाट ३० प्रतिशत र चीनले अमेरिकी सामानमा लगाइएको भन्सार महसुस १२५ प्रतिशतबाट १० प्रतिशतमा झार्ने सहमति गरिसकेका छन्।

अहिले त्यही सम्झौता कार्यान्वयका विषयमा दुई देशबीच छलफल हुन लागेको हो। यो बैठक हुने मिति घोषणा हुनुअघि शुक्रबार ट्रम्प र चीनका राष्ट्रपति सी जिनफिङबीच फोनवार्ता भएको थियो।

एक घण्टाजति भएको फोन कुराकानीपछि ट्रम्पले आफूलाई चीन भ्रमणको निम्ता प्राप्त भएको र आफूले पनि सीलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा गरेको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad