समाज


बागमतीसहित ३ नदीमा बहाब बढ्ने सम्भावना, यी ९ जिल्लामा अपनाऔँ सतर्कता

बागमतीसहित ३ नदीमा बहाब बढ्ने सम्भावना, यी ९ जिल्लामा अपनाऔँ सतर्कता

फाइल तस्बिर


नेपालखबर
जेठ २४, २०८२ शनिबार ९:१४, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज शनिबार देशका कुन-कुन स्थानमा बाढीको जोखिम छ भन्ने विषयमा प्रक्षेपण जारी गरेको छ। 

बाढी महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज कोसी र मधेस प्रदेशका जिल्लामा बाढी अलि ठूलै आउने सम्भावना देखिएको छ। 

चेतावनी जारी गर्दै बाढी महाशाखाले भनेको छ: आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, धनुषा, धनकुटा, सर्लाही र आसपासका जिल्ला जिल्ला भई वहने केही ससाना नदीमा बहाब सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनुहुन अनुरोध छ।

यस्तै महाशाखाले आगामी ३ दिन (सोमबारसम्म) कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन सुझाव दिएको छ। 

बाढी महाशाखाले अगाडि भनेको छ: कन्काई, कमला र बागमतीमा बहाब  केही हदसम्म बढ्न सक्ने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराखौँ।

सम्भावित बाढीबारे विस्तृत जानकारी तल:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad