टेस्लाका प्रमुख इलोन मस्कले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सामाजिक सञ्जालमा गरेका टिप्पणीप्रति पश्चाताप व्यक्त गरेका छन्।
ट्रम्प प्रशासनको सरकारी दक्षता विभाग (डज) को नेतृत्वबाट बाहिरिएपछि मस्कले निरन्तर ट्रम्पको आलोचना गरिरहेका थिए। ट्रम्प पनि प्रतिवादमा उत्रिएपछि मस्कले उनीविरुद्ध महाभियोग लगाउनुपर्नेसम्म भनेका थिए।
अहिले भने भने ट्रम्पविरुद्ध आफूले गरेका आलोचनाप्रति मस्कले पछुतो मानेका हुन्।
बुधबार मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘गत हप्ता राष्ट्रपति ट्रम्पबारे मेरा केही पोस्टप्रति पछुतो छ। तिनले हदै पार गरे।’
त्यसो त ट्रम्पले पनि मस्कलाई पागलसम्म भनेका छन् भने उनका कम्पनीसँग अमेरिकी सरकारले गरेका व्यापारिक सम्झौता रद्द गर्ने चेतावनी दिएका छन्। साथै उनले मस्कसँगको सम्बन्ध समाप्त भएको घोषणासमेत गरिसकेका छन्।
त्यसपछि मस्कले यसअघि आफूले ट्रम्पविरुद्ध गरेका टिप्पणीप्रति पश्चाताप व्यक्त गरेका हुन्।
Shares

प्रतिक्रिया