ग्लोबल


पनडुब्बी त्रिपक्षीय सम्झौतामा अमेरिकाको अडानले अस्ट्रेलियालाई झट्का

पनडुब्बी त्रिपक्षीय सम्झौतामा अमेरिकाको अडानले अस्ट्रेलियालाई झट्का

अस्ट्रेलियाले अकस सम्झौताअन्तर्गत अमेरिकाबाट पाँच भर्जिनिया-वर्ग आक्रमण पनडुब्बीहरू किन्नेछ।


नेपालखबर
जेठ २९, २०८२ बिहिबार १०:६, काठमाडौँ

अमेरिकाले बेलायत र अस्ट्रेलियासँग गरिएको पनडुब्बी सम्झौताको समीक्षा गर्न थालेको छ। अमेरिकाले यो सुरक्षा सम्झौता आफ्नो ‘अमेरिका फर्स्ट’ एजेन्डाअनुसार हुनुपर्ने अडान लिएको छ।

यो त्रिपक्षीय सम्झौतालाई चीनको बढ्दो शक्तिविरुद्ध प्रतिक्रियाका रूपमा हेरिएको छ। अस्ट्रेलियाले अमेरिकाबाट आफ्नो पहिलो आणविक शक्तिले चल्ने पनडुब्बी पाउनेछ।

अस्ट्रेलिया र बेलायतले गत वर्ष आफ्नो समीक्षा गरेका थिए। दुवै देशले अमेरिकी अनुसन्धानलाई सामान्य मानेका छन् र नयाँ प्रशासनले सम्झौताको पुनर्मूल्यांकन गर्नु स्वाभाविक भएको बताएका छन्।

यो कदम यस्तो समयमा उठाइएको हो जतिबेला अमेरिकाले अस्ट्रेलियालाई आफ्नो सैन्य खर्च जीडीपीको २ प्रतिशतबाट साढे ३ प्रतिशतमा बढाउन दबाब दिइरहेको छ।

अस्ट्रेलियाले अहिलेसम्म यसको विरोध गरिरहेको छ।

लगभग १७६ अर्ब पाउन्डको यो सम्झौता सन् २०२१ मा हस्ताक्षर गरिएको थियो। त्यसबेला तीन देशका नेताहरू यसमा संलग्न थिए।

एक अमेरिकी रक्षा अधिकारीले बीबीसीसँग भनेका छन्, ‘विभागले अघिल्लो प्रशासनमा गरिएको यो सम्झौता 'अमेरिका फर्स्ट' एजेन्डाअनुसार छ कि छैन भनेर सुनिश्चित गर्न अकसको समीक्षा गरिरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad