ग्लोबल


इरान–इजरायल लडाइँबारे ट्रम्प र पुटिनबीच एक घण्टा वार्ता

इरान–इजरायल लडाइँबारे ट्रम्प र पुटिनबीच एक घण्टा वार्ता

फाइल तस्बिर: पुटिन र ट्रम्प


नेपालखबर
असार १, २०८२ आइतबार ८:४९, काठमाडौँ

इरान र इजरायलबीच बढ्दो द्वन्द्वका विषयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ। 

दुई नेताबीच टेलिफोनमा लगभग एक घण्टा कुराकानी भएको हो। 

ट्रम्पले यो कुरा आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘राष्ट्रपति पुटिनले आज बिहान मलाई जन्मदिनको शुभकामना दिन फोन गरेका थिए। तर वास्तवमा हाम्रो वार्ताको केन्द्रबिन्दु इरानमा बढी केन्द्रित थियो। यस्तो देश जसबारे पुटिनलाई राम्ररी थाहा छ।’

‘हामीले इरानबारे लामो कुराकानी गर्‍यौँ। रुस र युक्रेनका विषयमा छोटो मात्र छलफल भयो, जुन विषयमा अर्को हप्ता छलफल गरिनेछ।’

ट्रम्पले रुस र युक्रेनले आआफ्ना कैदी आदानप्रदान गर्ने योजनामा ​​काम गरिरहेको र दुवै देशले तुरुन्तै ठूलो संख्यामा कैदी एकअर्कालाई हस्तान्तरण गर्ने जानकारी पनि दिएका छन्। 

उनले अगाडि लेखेका छन्, ‘पुटिन चाहन्छन् र म पनि चाहन्छु- इजरायल र इरानबीच भइरहेको लडाइँ अब अन्त्य हुनुपर्छ। मैले उनलाई आफ्नो युद्ध पनि अन्त्य गर्न भनेँ।’

इरानले आइतबार इजरायलमाथि ठूलो आक्रमण गरेको छ। इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित पूर्वाधार पनि हमला गर‍िएको दाबी गरेको छ।

साथै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले इजरायललाई चेतावनी दिएको छ- इरानमा आक्रमण जारी राख्यो भने इजरायलविरुद्ध अझ तीव्र गतिमा आक्रमण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad