भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको छ।
राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले यो जानकारी दिएका हुन्।
उनले एक्समा लेखेका छन्, ‘रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको धेरै दु:खद खबर प्राप्त भएको छ।’
धामीका अनुसार अहिले दुर्घटनास्थलमा एसडीआरएफ र स्थानीय प्रशासन उद्धारमा खटिएका छन्।
उनले अगाडि लेखेका छन्, ‘म सबै यात्रुहरूको सुरक्षाका लागि बाबा केदारलाई प्रार्थना गर्दछु।’
भारतीय सञ्चारमाध्यमका अनुसार हेलिकप्टरमा सवार व्यक्तिहरू केदारनाथ मन्दिरको दर्शन गर्न जाँदै थिए।
3.9k
Shares

प्रतिक्रिया