इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको लडाइँमा आफूहरू ‘विजयको बाटोमा’ रहेको दाबी गरेका छन्।
वायुसेना बेसको भ्रमण गर्दा उनले इजरायलले इरानको हवाई क्षेत्रको पूर्ण नियन्त्रण लिएको दाबी दोहोर्याएका छन्।
इजरायली प्रधानमन्त्रीले भने, ‘हामी हाम्रा दुई लक्ष्य प्राप्त गर्ने दिशामा अघि बढिरहेका छौँ, जुन आणविक खतरा र क्षेप्यास्त्र खतराको अन्त्य हो।’
नेतन्याहुले इजरायल र इरानले गरिरहेका आक्रमणबीच भिन्नता रहेको उल्लेख गर्दै इरानले सर्वसाधारणलाई निशाना बनाएको तर आफ्नो देशले त्यसो नगरेको दाबी गरे।
उनले भने, ‘हामीले तेहरानका नागरिकहरूलाई त्यहाँबाट जान भनेका छौँ।’
इरानको स्वास्थ्य मन्त्रालयले शुक्रबारदेखि जारी इजरायली आक्रमणमा कम्तीमा २२४ जनाको मृत्यु भएको बताएको छ।
504
Shares

प्रतिक्रिया