अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाको कानानास्किसमा भइरहेको जी-७ शिखर सम्मेलन बीचैमा छाडेर स्वदेश फर्किने भएका छन्।
ह्वाइट हाउसका अनुसार उनी वासिङ्टन फर्किंदै छन्।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले एक्समा लेखेकी छन्, ‘राष्ट्रपति ट्रम्पको जी-७ बसाई अद्भूत रह्यो, बेलायत र प्रधानमन्त्री केयर स्टारमरसँग एक प्रमुख व्यापार सम्झौतामा पनि हस्ताक्षर गरे।’
ट्रम्प र केयर स्टारमरले जी-७ शिखर सम्मेलनका क्रममा भएको बैठकमा अमेरिका र बेलायतबीचको ट्यारिफ सम्झौतामा हस्ताक्षर गरे।
लेभिटले ट्रम्पको फिर्तीको बारेमा लेखेकी छन्, ‘धेरै कुरा हासिल भयो, तर मध्यपूर्वमा के भइरहेको छ भन्ने कारणले गर्दा राष्ट्रपति ट्रम्प आज राति राष्ट्र प्रमुखहरूसँग डिनरपछि फर्कनेछन्।’
1.3k
Shares

प्रतिक्रिया