ग्लोबल


इरानको स्पष्टीकरण: हाम्रो निसाना अस्पताल थिएन

इरानको स्पष्टीकरण: हाम्रो निसाना अस्पताल थिएन

नेपालखबर
असार ५, २०८२ बिहिबार १४:२६, काठमाडौँ

आफूले आज (बिहीबार) बिहान प्रहार गरेको क्षेप्यास्त्र इजरायलको अस्पतालमा खसेर धेरै जना घाइते भएपछि इरानले स्पष्टीकरण दिएको छ। 

इरानको सरकारी सञ्चारमाध्यमले क्षेप्यास्त्र आक्रमणको निसाना बेरशेबास्थित सोरोका अस्पतालनजिकै रहेको सैन्य अड्डा रहेको दाबी गरेको हो।

इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आईआरएनए) का अनुसार, आक्रमण- इजरायली सेनाको कमान्ड मुख्यालय र गा-याम टेक्नोलोजी पार्कमा रहेको सेनाको गुप्तचर शिविरमा गरिएको थियो।

रिपोर्टमा भनिएको छ, ‘अस्पताल ब्लास्ट वेवको मात्र सम्पर्कमा मात्र आएको हो, कुनै गम्भीर क्षति भएको छैन। सैन्य पूर्वाधार एक सटिक र प्रत्यक्ष लक्ष्य थियो।’

तर इजरायलको आपत्‌कालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार, इरानको पछिल्लो आक्रमणमा कम्तीमा ६५ जना घाइते भएको बताएको छ। 

इजरायलले जानीजानी इरानले नागरिक बसोबास क्षेत्रलाई लक्ष्य गरेको आरोप लगाएको छ। यसै क्रममा उसको क्षेप्यास्त्रले बेरशेबाको सोरोका अस्पतालमा क्षति पुर्‍याएको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad