अमेरिकाको गुप्तचर सेवाले गत वर्ष हालका राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्यालीमा सुरक्षा त्रुटि गरेको भन्दै ६ कर्मचारीलाई निलम्बन गरेको छ।
गुप्तचर सेवाका उपनिर्देशक म्याट क्विनले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजलाई उक्त जानकारी दिएका हुन्।
म्याथ्यु क्रुक्स नामका व्यक्तिले गत वर्ष पेन्सिलभेनियाको बटलरमा भएको चुनावी र्यालीमा ट्रम्पलाई गोली हानेका थिए।
तर ट्रम्पको कानमा गोली लागे पनि सामान्य घाइते मात्र भए भने र्यालीमा सहभागी अर्का एक व्यक्तिको चाहिँ मृत्यु भएको थियो।
अन्य दुई जना घाइते भएको घटनामा गुप्तचर सेवाका एजेन्टले आक्रमणकारीलाई घटनास्थलमै मारेका थिए।
अमेरिकाको गुप्तचर सेवाले यसलाई ‘अपरेसनल असफलता’ भनेको छ।
क्विनले भने, ‘बटलर घटना हुनुमा गुप्तचर सेवा पूर्ण रूपमा जिम्मेवार छ। यो एक अपरेसनल असफलता थियो र आज हाम्रो ध्यान यस्तो फेरि नहोस् भन्ने कुरामा छ।’
कर्मचारीहरूलाई औपचारिक रूपमा कहिले निलम्बन गरिएको थियो भन्ने कुरा भने स्पष्ट छैन।
Shares

प्रतिक्रिया