ट्राफिक प्रहरीले विगत केही समय देखि काठमाडौँ उपत्यकामा अनावश्यक हर्न बजाई ध्वनी प्रदुषण बढेको भन्दै हर्न नबजाउन सचेत गराएको छ।
लाखौँ सवारी साधन सञ्चालन हुने काठमाडौँ उपत्यकामा अनावश्यक हर्न बजाउँदा ध्वनी प्रदुषण भइ जेष्ठ नागरिक, बालबालकिका तथा सर्वसाधरणमा गम्भीर असर पर्ने ट्राफिक प्रहरीलेस्पष्ट पारेको छ।
बिहीबार सूचना प्रकाशित गरी ट्राफिकले अत्यावश्यक तथा विशेष परिस्थितीमा बाहेक हर्न प्रयोग नगर्नु आग्रह गरेको छ।
‘अन्यथा हर्न बजाएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (१) ३ बमोजिम ध्वनी प्रदुषण गर्न नहुने व्यवस्था बमोजिम कारबाही गरिने ट्राफिक प्रहरी कार्यालयले चेतावनी दिएको छ।
काठमाडौँ उपत्यकामा २०७४ साल वैशाख १ देखि लागू ‘नो हर्न’को ब्यवस्था गरिएको थियो।
471
Shares

प्रतिक्रिया