ग्लोबल


नेटोमार्फत युक्रेनमा हतियार पठाउने ट्रम्पको घोषणा

नेटोमार्फत युक्रेनमा हतियार पठाउने ट्रम्पको घोषणा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की


नेपालखबर
असार २७, २०८२ शुक्रबार १९:११, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोमार्फत युक्रेनमा हतियार पठाउने बताएका छन्।

जसमा प्याट्रियट वायु रक्षा प्रणाली पनि हुनेछन्। 

ट्रम्पले एनबीसी न्युजसँग भनेका छन्, ‘नयाँ सम्झौतामा हामी प्याट्रियटलाई नेटोमा पठाउनेछौँ र त्यसपछि नेटोले यसलाई वितरण गर्नेछ।’

साथै ट्रम्पले यी हतियारहरूको मूल्य नेटोले चुकाउने कुरा पनि स्पष्ट पारे।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पसँग कुराकानी 'सकारात्मक' भनेपछि उक्त घोषणा भएको हो। 

गत हप्ता युक्रेनी सहरहरूमा रुसका ड्रोन र मिसाइल आक्रमण व्यापक भएपछि जेलेन्स्कीले १० प्याट्रियट प्रणाली मागेका थिए। 

'नेटो' युरोप र उत्तर अमेरिकी देशहरूको सैन्य गठबन्धन हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad