ग्लोबल


इजरायलको आक्रमणमा घाइते भएका थिए इरानका राष्ट्रपति : रिपोर्ट

इजरायलको आक्रमणमा घाइते भएका थिए इरानका राष्ट्रपति : रिपोर्ट

फाइल तस्बिर: इरानका राष्ट्रपति मसुद पेजेस्कियान


नेपालखबर
असार ३०, २०८२ सोमबार १०:१७, काठमाडौँ

गत महिना इजरायलले गरेको आक्रमणमा इरानका राष्ट्रपति मसुद पेजेस्कियान पनि घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ। 

इरानको आधिकारिक न्युज एजेन्सी फार्सका अनुसार, जुन १६ मा राष्ट्रपति पेजेस्कियान तेहरानको एक गोप्य भूमिगत संरचनामा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आपत्‌कालीन बैठकमा भाग लिइरहेका थिए।

त्यस क्रममा इजरायलले गोप्य भूमिगत संरचनाका प्रवेश मार्गमा छवटा बम हानेको थियो। जसमा परी राष्ट्रपति पेजेस्कियानको खुट्टामा चोट लागेको थियो।

इजरायलले यस रिपोर्टमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। 

गत हप्ता मात्र इरानका राष्ट्रपति पेजेस्कियानले इरानले आफूलाई मार्ने प्रयास गरेको आरोप लगाएका थिए।

इजरायली रक्षामन्त्री इजरायल काट्जले भने यसलाई अस्वीकार गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad