बंगलादेशी वायुसेनाको एफ-७ प्रशिक्षण विमान सोमबार स्कुल भवनमा खसेको छ।
दुर्घटनामा एक युवकको मृत्यु र चार जना घाइते भएको अहिलेसम्मको रिपोर्ट छ।
विद्यार्थी पढिरहेका बेला माइलस्टोन स्कुलमाथि विमान खसेको हो।
उद्धार टोली घटनास्थलमा पुगेर उद्धार सुरु गरेको छ।
बंगलादेशी सेनाको जनसम्पर्क कार्यालयले वायुसेना प्रशिक्षण विमान एफ-७ बीजीआई ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुलमा खसेको बताएको छ।
अधिकारीहरूका अनुसार उक्त प्रशिक्षण विमान सोमबार दिउँसो १:०६ बजे (स्थानीय समय) उडेको थियो र केही समयपछि दुर्घटना भएको थियो। दुर्घटनापछि विमानमा आगो लागेको थियो।
3.5k
Shares

प्रतिक्रिया