ग्लोबल


थाइल्यान्ड-कम्बोडिया झडपमा कम्तीमा १२ जनाको मृत्यु

थाइल्यान्ड-कम्बोडिया झडपमा कम्तीमा १२ जनाको मृत्यु

नेपालखबर
साउन ९, २०८२ शुक्रबार ५:४६, काठमाडौँ

थाइल्यान्ड-कम्बोडिया सीमामा जारी सैन्य झडपमा अहिलेसम्म कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

थाइल्यान्डका स्वास्थ्यमन्त्रीले झडपमा एक सैन्य कर्मचारी र ११ जना सर्वसाधारणको मृत्यु भएको बताए।

उनले आक्रमणबाट पीडित ३५ जनामध्ये आफूहरू पनि रहेको बताए।

थाई अधिकारीहरूको रिपोर्टअनुसार, सुरिन प्रान्तमा दुई जना सर्वसाधारणको मृत्यु भएको छ। मृतकमा एक ८ वर्षीय बालक पनि छन्।

उबोन रत्चाथानी प्रान्तमा एक जना सर्वसाधारणको मृत्यु भएको छ भने सिसाकेट प्रान्तमा आठ जना सर्वसाधारणको मृत्यु भएको छ।

यसैबीच कम्बोडियासँग जारी सैन्य झडपका बीच थाइल्यान्डको शिक्षा मन्त्रालयले सीमावर्ती क्षेत्रका विद्यालयहरू अस्थायी रूपमा बन्द गर्न आदेश दिएको छ।

आवासीय क्षेत्रहरूमा रकेट प्रहार भएपछि सुरिन, सिसाकेट र बुरिराममा ५८२ विद्यालय बन्द गरिएको बैंककस्थित समाचार आउटलेट थाई इन्क्वायररले रिपोर्ट गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad