समाज


मर्स्याङ्दी नदीमा बेपत्ता ११ वर्षीया बालिकाको ६ दिनपछि शव भेटियो

मर्स्याङ्दी नदीमा बेपत्ता ११ वर्षीया बालिकाको ६ दिनपछि शव भेटियो

नेपालखबर
साउन ९, २०८२ शुक्रबार ५:४८, लमजुङ

लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित मस्र्याङ्दी नदी किनारामा एक बालिकाको शव फेला परेको छ।

बिहीबार साँझ सुन्दरबजार–७ धारापानी निवासी प्रेमबहादुर घर्ती मगरकी ११ वर्षीय छोरी शान्ति मगरको शव नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

जिप्रका लमजुङका सूचना अधिकारी राजकिशोर शाहका अनुसार यही असार २ गते दिदी र अर्की साथीसँग नदीमा गएकी शान्ति नुहाउने क्रममा पानीको छालले बगाएर बेपत्ता भएकी थिइन्। 

उनी बेपत्ता भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र आफन्तले खोजीकार्य गर्दै आएका थिए।
 

शिवालय मन्दिरबाट पाँच सय मिटरमाथि सो नदी किनारामा शान्तिको शव फेला परेको प्रहरीले जनाएको छ। आफन्तले सो शवको पहिचान गरेका र मुचुल्का उठाएर परीक्षणका लागि प्रदेश अस्पताल बेँसीसहरमा ल्याइएको सूचना अधिकारी शाहले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad