अमेरिकी सेनाको एफ-३५ लडाकु विमान क्यालिफोर्नियाको लेमुर नौसेना एयर स्टेसननजिकै दुर्घटना भएको छ।
नौसेनाको प्रेस विज्ञप्तिअनुसार, मध्य क्यालिफोर्नियाको फ्रेस्नो सहरबाट लगभग ६४ किलोमिटर दक्षिणपश्चिम लेमुर नौसेना एयर स्टेसनमा विमान दुर्घटना भएको हो।
विज्ञप्तिमा भनिएको छ- साँझ ६:३० बजे (स्थानीय समय) भएको दुर्घटनाबारे अनुसन्धान भइरहेको छ। राम्रो कुरा के हो भने पाइलट समयमै जेटबाट सफलतापूर्वक बाहिर निस्कन सफल भए र उनलाई अस्पताल लगिएको छ।
हेर्नुहोस् विमान दुर्घटनाको भिडिओ फुटेज:
🚨#BREAKING: emergency officials are on the scene after a United States military f-35 jet has crash and burst into flames
📌#Fresno | #California
At this time military officials and emergency crews are currently on scene at Lemoore Naval Air Station in Fresno County,… pic.twitter.com/XCRg0BUv2y — R A W S A L E R T S (@rawsalerts) July 31, 2025
Shares

प्रतिक्रिया