ट्रम्प-पुटिन भेटवार्ता हुन लागेको विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कडा प्रतिक्रिया दिएका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका विषयमा आउने शुक्रबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता हुने बताएपछि जेलेन्स्कीले ‘रुसलाई आफ्नो भूमि नदिने’ चेतावनी दिएका हुन्।
ट्रम्पले युक्रेनले रुससँगको युद्ध अन्त्य गर्न आफ्नो क्षेत्र त्याग्नुपर्ने हुन सक्छ भन्ने संकेत गरेपछि जेलेन्स्कीले उक्त प्रतिक्रिया दिएका हुन्।
ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा भने, ‘तपाईं त्यो क्षेत्र हेर्दै हुनुहुन्छ- जहाँ साढे तीन वर्षदेखि लडाइँ चलिरहेको छ। धेरै रुसीहरू मरेका छन् र धेरै युक्रेनीहरू मरेका छन्।’
उनले अगाडि भने, ‘यो धेरै गाह्रो छ। हामी केही फिर्ता लिनेछौँ, हामी केही परिवर्तन गर्नेछौँ। दुवैको हितमा केही क्षेत्रहरू साटासाट गरिनेछ।’
सीबीएस न्युजको रिपोर्टअनुसार ह्वाइट हाउसले युरोपेली नेताहरूलाई युक्रेनले डोनबास, खेरसन र जापोरिजियालगायत धेरै क्षेत्र त्याग्नुपर्ने सम्झौता स्वीकार गर्न मनाउन खोजिरहेको छ।
तर जेलेन्स्कीले पहिले नै यस्ता सर्त अस्वीकार गरिसकेका छन्।
Shares

प्रतिक्रिया