ग्लोबल


गाजा कब्जा गर्ने आफ्नै सरकारको निर्णयविरुद्ध हजारौँ इजरायलीद्वारा प्रदर्शन

गाजा कब्जा गर्ने आफ्नै सरकारको निर्णयविरुद्ध हजारौँ इजरायलीद्वारा प्रदर्शन

नेपालखबर
साउन २५, २०८२ आइतबार १३:८, काठमाडौँ

गाजा कब्जा गर्ने आफ्नै देशको निर्णयविरुद्ध इजरायलीहरू सडकमा उत्रिएका छन्।

बीबीसीका अनुसार गाजा सहर नियन्त्रणमा लिने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्णयविरुद्ध शनिबार राजधानी जेरुसेलममा हजारौँ इजरायलीले प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले जेरुसेलमको सडक हुँदै प्रधानमन्त्री नेतन्याहुको आधिकारिक निवासतिर मार्च गरेका थिए। 

मार्चमा सहभागी पूर्वइजरायली सैनिक म्याक्स क्रेसले ‘म अस्वीकार गर्छु’ लेखिएको प्लेकार्ड बोकेका थिए। 

उनले भने, ‘हामी युद्ध लड्ने ३५० भन्दा बढी सैनिक हौंँ तर हामी नेतन्याहुको राजनीतिक युद्धलाई अस्वीकार गर्छौं।’

गाजा कब्जा गर्ने इजरायली सरकारको निर्णयविरुद्ध शनिबार तेल अभिभ, हाइफालगायत इजरायलका धेरै शहरमा प्रदर्शन गरिएका थिए। 

संयुक्त राष्ट्र संघका साथै बेलायत, फ्रान्स, अस्ट्रेलिया, टर्की, जर्मनी, फिनल्यान्ड  क्यानडालगायत धेरै देशले गाजा सहर कब्जा गर्ने इजरायली योजनाको निन्दा गरेका छन्।

संयुक्त राष्ट्र संघले इजरायलको यो निर्णयले गाजामा इजरायली बन्धक र प्यालेस्टिनी नागरिकका लागि "विपत्ति" निम्त्याउन सक्ने चेतावनी दिएको छ।

गाजा कब्जा गर्ने योजना इजरायली सुरक्षा मन्त्रिपरिषद्ले शुक्रबार अनुमोदन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad