इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्ध रोक्ने प्रयास अब बाँकी रहेका सबै बन्धकहरूलाई एकैचोटि रिहा गर्ने कुरामा केन्द्रित भएको संकेत दिएका छन्।
पहिले विचार गरिँदै गरेको योजनामा ६० दिनको युद्धविराम र केही जीवित इजरायली बन्धकको रिहाइको कुरा थियो।
हमासले आफ्ना नेताहरूको प्रतिनिधिमण्डल इजिप्टका अधिकारीहरूसँग प्रारम्भिक वार्ताका लागि राजधानी कायरोमा रहेको बताएको छ।
रिपोर्टहरूका अनुसार, मध्यस्थकर्ताहरूले आगामी हप्तामा सम्झौता हुने आशा राखेका छन्।
गत महिना इजरायल र हमासबीचको अप्रत्यक्ष वार्ता भंग भएपछि इजरायलले एक विवादास्पद योजना घोषणा गर्यो।
घोषणाअन्तर्गत इजरायलले आफ्नो सैन्य अभियान विस्तार गर्नेछ र सम्पूर्ण गाजा पट्टी कब्जा गर्नेछ।
यसमा लगभग २० लाख प्यालेस्टिनीले शरण लिएका क्षेत्र पनि पर्छन्। बीबीसी
Shares

प्रतिक्रिया