खेल


टोटनह्यामलाई हराउँदै सुपर कपको उपाधि पीएसजीलाई

टोटनह्यामलाई हराउँदै सुपर कपको उपाधि पीएसजीलाई

नेपालखबर
साउन २९, २०८२ बिहिबार ८:३१, काठमाडौँ

टोटनह्यामलाई टाइब्रेकरमा पराजित गर्दै युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए सुपर कपको उपाधि उचालेको छ। 

गएराति भएको फाइनलमा पीएसजीले टोटनह्यामलाई पेनाल्टी सुटआउटमा  ४-३ ले हराउँदै उपाधि जितेको हो।

निर्धारित समयमा २-२ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। 

पेनाल्टी सुटआउटमा नुनो मेन्डेजको गोलसँगै पीएसजीले उपाधि हात पार्‍यो। 

पहिलो हाफमा गोलका लागि संर्घष गरेको पीएसजीले दोस्रो हाफमा उत्कृष्ठ पूनरागमन गरेको हो। 

यता पहिलो हाफमा नै २-० ले अग्रता बनाएको टोटनह्यामले खेलको ८४ मिनेटसम्म त्यसलाई जोगाएको थियो। 

तर ८५ मिनेटमा लि काङ यीले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने संकेत गरेका थिए। 

खेलको इन्ज्युरी समयको चौथो मिनेटमा गोन्कालो रामोसको गोलमा पीएसजी २-२ को बराबरीमा आयो। रामोस खेलको ७७  मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए। 

त्यसअघि खेलको ३९ मिनेटमा भान डे भेनको गोलमा टोटनह्यामले सुरुवाती अग्रता बनाएको थियो। ४८ मिनेटमा क्रिस्टियन रोमेरोले टोलीको अग्रता दोब्बर पारे।

पेनाल्टीमा पराजित भएपछि टोटनह्यामले तीन महिनामा लगातार दोस्रो पटक युरोपियन उपाधि जित्ने सुन्दर मौका खेर फाल्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad