ग्लोबल


ट्रम्प-जेलेन्स्की भेटवार्ताको तयारी भइरहँदा पुटिनले गरे विभिन्न देशका नेतालाई फोन

ट्रम्प-जेलेन्स्की भेटवार्ताको तयारी भइरहँदा पुटिनले गरे विभिन्न देशका नेतालाई फोन

नेपालखबर
भदौ २, २०८२ सोमबार २२:२०, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आज ह्वाइट हाउसमा भेट्ने तयारी भइरहेका बेला रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने विश्वका विभिन्न देशका नेतालाई फोन गरेका छन्। 

रुस-युक्रेन सम्झौताका विषयमा ट्रम्प र जेलेन्स्कीबीच आज हुने बैठकमा युरोपेली नेताहरू पनि सहभागी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

उता बैठकको तयारी भइरहेका बेला पुटिन भने कूटनीतिक गतिविधिमा व्यस्त भएका हुन्। 

क्रेमलिनका अनुसार, पुटिनले आज धेरै देशका नेताहरूलाई फोन गरेर गत शुक्रबार अलास्कामा ट्रम्पसँग भएको भेटवार्ताको ‘नतिजा’बारे जानकारी दिएका हुन्। 

पुटिनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा र ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमनसँग फोन संवाद गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad