ग्लोबल


इरानमा आक्रमणसम्बन्धी रिपोर्ट ‘लिक’ गर्ने अमेरिकाका गुप्तचर प्रमुख बर्खास्त

इरानमा आक्रमणसम्बन्धी रिपोर्ट ‘लिक’ गर्ने अमेरिकाका गुप्तचर प्रमुख बर्खास्त

हटाइएका अमेरिकी रक्षा गुप्तचर एजेन्सी (डीआईए) का प्रमुख लेफ्टिनेन्ट जनरल जेफ्री क्रुज।


नेपालखबर
भदौ ८, २०८२ आइतबार ८:४२, काठमाडौँ

अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले अमेरिकी रक्षा गुप्तचर एजेन्सी (डीआईए) का प्रमुख लेफ्टिनेन्ट जनरल जेफ्री क्रुजलाई पदबाट हटाएका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुासार अन्य दुई वरिष्ठ सैन्य कमान्डरलाई पनि बर्खास्त गरिएको छ।

तर रक्षा विभागले यस विषयमा अहिलेसम्म कुनै स्पष्टीकरण दिएको छैन।

गत जुनमा इरानमा भएको आक्रमणबारे डीआईए रिपोर्ट चुहावट (लिक) भएको थियो।

त्यसमा भनिएको थियो, ‘इरानमा आक्रमणले यसको आणविक कार्यक्रमलाई नष्ट गरेन, केही महिना पछाडि धकेलेको मात्र छ।’

यसविरुद्ध अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिक्रिया दिएका थिए।

साथै ह्वाइट हाउसले डीआईएको यो मूल्यांकन ‘पूर्णतया गलत’ भनेर दाबी गरेको थियो।

इजरायलसँग लडिरहेका बेला अमेरिकाले पनि गत जुन २२ मा इरानका फोर्डो, नातान्ज र इस्फहान आणविक स्थलमा बम हमला गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad